• आइतबार, साउन ३१ २०८३

आन्दोलनरत चिकित्सक संघ र सरकारबीच प्रधानमन्त्री कार्यालयमा वार्ता


आइतबार, माघ २९ २०७९
780
Shares

काठमाडौँ । आन्दोलनरत चिकित्सक र सरकारवीच वार्ता भइरहेको छ । आज आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेक अन्य सबै सेवा बन्द गराएर आन्दोलनमा उचिएको नेपाल चिकित्सक संघ र सरकारका प्रतिनिधीवीच प्रधानमन्त्री कार्यालयमा वार्ता भइरहेको हो ।

वार्तामा सरकारी पक्षको नेतृत्व प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डेले गरेका छन्। त्यसमा स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालयको प्रतिनिधिहरु रहेका छन्।

चिकित्सक संघको तर्फबाट नेतृत्व डा। लोचन कार्कीले गरेका छन् भने सो टोलीमा महासचिव डा बद्री रिजाल, डा रुद्र मरासिनी, संघका पूर्व अध्यक्षहरुको सहभागिता छ।

गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा सुरक्षार्थ खटिएका प्रहरीबाट एक जना चिकित्सक पिटिएपछि चिकित्सक संघ आन्दोलनमा उत्रिएको हो।

संघले आइतबार आकस्मिक बाहेकका देशका सबै स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार