• सोमबार, साउन ११ २०८३

आन्दोलन फिर्ता लिन चिकित्सक संघलाई स्वास्थ्य मन्त्रालयको आग्रह


आइतबार, माघ २९ २०७९
775
Shares

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल चिकित्सक संघलाई आन्दोलनका कार्यक्रम फिर्ता लिएर स्वास्थ्य उपाचारको नियमित काममा जुट्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले शनिबार विज्ञप्ति जारी गर्दै नेपाल चिकित्सक सङ्घप्रति ध्यानाकर्षण भएको पनि बताए ।

मन्त्रालयले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा डाक्टरमाथि लाठी चार्ज गर्नेवरिष्ठ हवलदार शम्भुजंग गुरुङलाई निलम्बित घटनाको छानविन भइरहेको जनाएको छ । उक्त घटनको विषयमा थप छलफल गरी समस्या समाधानका लागि वार्ता समिति गठन गर्ने नेपाल चिकित्सक संघले उठाएका विषयलाई संवादमार्फत समाधान गर्ने प्रयास भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

शनिबार बसेको संघको बैठकले शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरको चिकित्सक डा. जनिथलाल सिंहमाथि प्रहरीले गरेको कुटपिटको विरोधमा देशभर आकस्मिकबाहेक स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार