• मंगलबार, असोज १३ २०८३

नीति तथा कार्यक्रम : बूढीगण्डकी आयाेजनामा बाह्य स्रोत जुटाइने


शनिबार, जेष्ठ ३ २०७७
945
Shares

गोरखा । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनामा बाह्य स्रोत समेत खोज्ने भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रस्तुत गरेको सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा उक्त आयोजनामा आन्तरिक बाहेक बाह्य स्रोत समेत जुटाइने उल्लेख गरिएको हो।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले भनिन्, ‘आगामी आवभित्रै माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरिनेछ। बाह्य स्रोतसमेत जुटाई बूढीगण्डकी तथा पश्चिम सेती जलविद्युत् आयोजनाहरु अगाडि बढाइनेछ।’

बूढीगण्डकी आयोजना निर्माणका लागि सरकारले पेट्रोलियम कर समेत लगाउँदै आएको छ भने आयोजना निर्माणस्थलमा मुआब्जा वितरण समेत गरिरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार