• आइतबार, साउन ३१ २०८३

राष्ट्रपतिकाे सवारीका क्रममा चिकित्सक कुट्ने प्रहरी निलम्बन


आइतबार, माघ २९ २०७९
825
Shares

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारी सवारी भएका बेला सडक खाली गर्ने क्रममा ट्रमा सेन्टरका चिकित्सकलाई कुटपिट गर्ने प्रहरी अधिकारीलाई कारबाही गरिएको छ। 

शुक्रबार संसद् बैठकलाई सम्बोधन गरेर राष्ट्रपति भण्डारी फर्कने क्रममा सडकमा निस्किएका राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंह प्रहरीको लाठीचार्जबाट घाइते भएका थिए।

सो घटनामा संलग्न भनिएका महानगरीय प्रहरी वृत्त जनसेवाका वरिष्ठ प्रहरी हवल्दार शम्भूजंग गुरुङलाई जिल्ला प्रहरी परिसर काठमाडौँले निलम्बन गरेको हो। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार