• आइतबार, साउन ३१ २०८३

प्रहरीले चिकित्सक कुटेको विरोधमा देशभरका स्वास्थ्य संस्था बन्द, आकस्मिक सेवा भने खुल्ने


आइतबार, माघ २९ २०७९
715
Shares

काठमाडाैँ । प्रहरीले चिकित्सकलाई कुटेकाे विरोधमा नेपाल चिकित्सक संघले आज (आइतबार) देशभरका स्वास्थ्य संस्थाकाे सेवा बन्द गराएको छ। 

राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार संसद् बैठकलाई सम्बोधन गरी फर्कने क्रममा सडकमा निस्किएको भन्दै प्रहरीले राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लाठी चार्ज गरी घाइते बनाएको थियो।

चिकित्सकलाई प्रहरीले कुटेर घाइते बनाएकाे बिराेधमा संघले आज देशभरका स्वास्थ्य सँस्थामा आकस्मिकबाहेक सबै सेवा बन्द गराएकाे जनाएकाे छ ।

संघका अध्यक्ष डा. लोचन कार्कीले विज्ञप्ती निकाल्दै राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलगायत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रहरीले लाठी चार्ज गरी घाइते बनाएको घटनाप्रति संघको गम्भीर ध्यानकर्षण भएको बताएका छन्। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार