• शनिबार, साउन ९ २०८३

श्रमिकको समस्या समाधान गर्न सरकारले दूतावासमा छुट्टै ‘फोकल पोइन्ट’ को व्यवस्था गर्ने


शुक्रबार, माघ २७ २०७९
1.1K
Shares

काठमाण्डौ । सरकारले विदेशस्थित विभिन्न मुलुकमा रहेका नेपाली दूतावासमा श्रमिकका लागि हेल्प डेस्क राख्ने निर्णय गरेको छ ।

माघ पहिलो साता प्रधानमन्त्रीले श्रम सचिवसहित मन्त्रालयका अधिकारीलाई बोलाएर वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका नेपालीले अनेकौँ झमेला र सास्ती भोग्नुपरेकाले त्यस्तो समस्या सम्बोधनका लागि डेस्क राख्न निर्देशन दिएका छन् ।

सोही निर्देशनपछि मन्त्रालयले गृहकार्य पूरा गरेपश्चात् विदेशस्थित विभिन्न मुलुकमा कार्यरत श्रमिक एवं कामदारको समस्या सम्बोधन गर्ने गरी डेस्क राख्ने निर्णय भएको मन्त्रालयले जानकारी गराएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव एकनारायण अर्यालले छिट्टै डेस्क स्थापना गरिने जानकारी दिएका छन् । त्यसैगरी परराष्ट्र मन्त्रालयमा समेत श्रमिकका समस्या समाधानार्थ समन्वय गर्न छुट्टै ‘डेडिकेटेड फोकल प्वाइन्ट’ तोकी कार्य गर्ने निर्णय भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार