• शनिबार, साउन ९ २०८३

शिक्षण शुल्क वृद्धिविरुद्ध विद्यार्थीकाे प्रदर्शन


बिहिबार, माघ २६ २०७९
1K
Shares

काठमाडौंको बिजुली बजारमा रहेको चक्रवर्ती ल कलेजका विद्यार्थीहरूले शिक्षण शुल्क वृद्धिको विरोधमा प्रदर्शन गरेका छन् ।

बिहीबार काठमाडौंको माइतीघरमा उनीहरूले विद्यार्थीहरूबाट अनुचित रूपमा महङ्गो शुल्क लिए पनि कुनै सुविधा नपाएको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

कलेजले १० लाख ७० हजार फि लिएपछि त्यही अनुसार सेवा सुविधा दिनुपर्ने वा फि घटाउनुपर्ने माग राख्दा कलेजले निष्कासन गर्ने धम्की दिएको विद्यार्थीहरूको भनाइ छ ।

उनीहरूले चक्रवर्ती ल कलेजमा पढिरहेका ३०० विद्यार्थीमध्ये ३० जनालाई छात्रवृत्ति दिनुपर्ने भए पनि कलेजले १० जनालाई मात्रै छात्रवृत्तिमा पढाइरहेको र २० जनाको फि कलेजले खाइरहेको आरोप लगाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार