• शुक्रबार, भाद्र १९ २०८३

परराष्ट्रमन्त्री र साउदी अरेबियाका राजूदतबीच भेटवार्ता


बिहिबार, माघ २६ २०७९
945
Shares

काठमाडौँ । परराष्ट्रमन्त्री डा.विमला राई पौड्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबु हैमेदले आज मन्त्रालयमा भेटवार्ता गरेका छन् ।

भेटवार्तामा परराष्ट्रमन्त्री पौड्यालले विश्वभर फैलिएको कोरोना महामारीका बेला त्यहाँ रहेका ४ लाखभन्दा बढी नेपालीलाई सुरक्षित राखेकामा सरकारको साउदी अरबीया सरकारलाई नेपाल सरकारको तर्फबाट धन्यवाद व्यक्त गरिन् ।

यस अवसरमा मन्त्री पौड्यालले साउदी अरेबियाको विकासमा नेपाली श्रमिकको पनि उल्लेख्य योगदान रहेको उल्लेख गर्दै आगामी दिनमा श्रम सम्झौता गरेर दक्ष जनशक्ति  उपलब्ध गराउन सरकार तयार रहेको बताइन् ।

भेटमा राजदूत हैमेदले साउदी अरेबियाको प्रगतिमा नेपाली श्रमिकको ठूलो योगदान रहेको उल्लेख गर्दै आफ्नो देशमा विकास निर्माणका काम तीव्र गतिमा अघि बढेकाले श्रम सम्झौता गरेर थप नेपाली श्रमिकहरु लैजाने प्रतिवद्धता जनाए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार