• शनिबार, साउन ९ २०८३

थप ९ जनामा देखियाे कोरोना संक्रमण, संक्रमित २६७ पुगे


शुक्रबार, जेष्ठ २ २०७७
945
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाडौं सतुंगलका ७ वर्षीय बालकसहित पर्सा, उदयपुर र दाङमा थप ९ जनालाई संक्रमण पुष्टि भएको छ ।

नयाँ संक्रमितमा वीरगञ्जका ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीय महिला, उदयपुर त्रियुगाका २५ वर्षीय पुरुष, दाङ तुल्सीपुरका २३,३६ र ३४ वर्षीय पुरुष तथा काठमाडौं सतंगुलका ७ वर्षीय बालक छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या जम्मा २६७ पुगेको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार