• शनिबार, साउन ९ २०८३

माओवादीले बनायाे सुनितालाई मन्त्री, रहबरलाई राज्यमन्त्री


मंगलबार, माघ २४ २०७९
1.2K
Shares

मधेस प्रदेश सरकारले पूर्णता पाएको छ । मङ्गलबार नेकपा माओवादी केन्द्रका तर्फबाट मन्त्रिपरिषदमा सहभागिता भएपछि प्रदेश सरकारले पूर्णता पाएको हो ।

माओवादीको तर्फबाट पठाइएका एक मन्त्री र एक राज्यमन्त्रीलाई मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा मङ्गलबार दिउँसो पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको थियो ।

प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष नेकपा माओवादी केन्द्रका तर्फबाट उद्योग, पर्यटन तथा वनमन्त्री सुनिता यादव र मुख्यमन्त्री यादवसमक्ष सोही मन्त्रालयको राज्यमन्त्रीमा रहबर अन्सारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरे । यादवले मैथिली भाषामा र राज्यमन्त्री अन्सारीले भोजपुरी भाषामा शपथ ग्रहण गरेका थिए ।

गत मङ्सिर ४ गतेको निर्वाचनमा मन्त्री यादव समानुपातिकतर्फ र राज्यमन्त्री अन्सारी प्रत्यक्षतर्फ पर्सा क्षेत्र नं १ (१) बाट निर्वाचित भएका थिए ।

यसअघि मुख्यमन्त्री यादवले २९ पुसमा तीन जना मन्त्रीसँगै शपथ ग्रहण गरेका थिए भने २० माघमा छ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका थिए । मुख्यमन्त्रीसहित १० मन्त्री र चार राज्यमन्त्री गरी १५ सदस्यीय मधेस प्रदेश सरकारले पूर्णता पाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार