• सोमबार, साउन ११ २०८३

चिकित्सक संघमा लोकतान्त्रिक प्यानल विजयी, अध्यक्षमा डा. कार्की


मंगलबार, माघ २४ २०७९
715
Shares

काठमाडौं । नेपाल चिकित्सक संघको अध्यक्षमा डा. अनिल विक्रम कार्की विजयी भएका छन् । गत बिहिबारदेखि शनिबारसम्म भएकाे निर्वाचनबाट संघकाे अध्यक्षमा डा कार्की निर्वाचित भएका हुन् । आइतबारदेखि सुरु भएकाे मतगणना मंगलबार साँझ सकिएको थियाे ।

जसमा अध्यक्षमा निर्वाचित डा. कार्कीले ३५३७ मत ल्याएका छन् ।

उनका निकटम प्रतिद्वन्द्वी पेशागत समावेसी समूहका डा. सन्तोष पौडेलले २३२३ मत प्राप्त गरे । यसैगरी, अध्यक्षका स्वतन्त्र उम्मेदवार रहेका डा. शिवजीविक्रम सिलवालले २९० मत प्राप्त गरे ।

त्यसैगरी एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, एक कोषाध्यक्ष, एक सहसचिव, एक सह कोषाध्यक्षसहित ७ जना यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।

निर्वाचन भएका अधिकांश पदमा कार्की नेतृत्वकाे लाेकतान्त्रिक प्यानलका उम्मेदवार निर्वाचित भएकाे बताइएकाे छ ।

संघकाे मतदानका क्रममा देशभरबाट ६२९२ मत खसेको थियाे । महासचिवमा डा. संजीव तिवारी २९१८ मतका ल्याएर विजयी भए । उनकी निकतम प्रतिद्वन्द्वी डा. अमृत भुसाल १५४१ मत ल्याएर भने अर्की उम्मेदवार डा. रक्षा श्रेष्ठले भने १५०५ मत ल्याएकी छन् ।

त्यस्तै मधेश प्रदेशको उपाध्यक्षमा डा. निरजकुमार सिंह ३०८१ मतका साथ विजयी बन्दा उनका निकतम प्रतिद्वन्द्वी डा. महेश महासेठले १५७४ मत पाए । अर्का उम्मेदवार डा. अजयकुमार मिश्रले ११२४ मत ल्याए ।

बागमती प्रदेशको उपाध्यक्षमा डा. प्रकाश बुढाथोकीले ५३५३ मतका साथ विजय हासिल गरे । उनका प्रतिस्पर्धी डा. संजय ठाकुरले २२१४ मत ल्याए ।

गण्डकी प्रदेशमा डा. राजन शर्माले ३३२२ मतका साथ विजयी बने भने उनका प्रतिस्पर्धी डा. विकास गौचन २३९० मत ल्याए ।

यस्तै, सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा डा. प्रशान्त भट्ट ३३५९ मतका ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी डा. निरज अर्याल २३०८ मत ल्याए ।

सदस्यहरुमा डा. तेज्सु सिंह मल्ल, डा. सृजना विष्ट, डा. अमित रन्जन मिश्र, किशोर खत्री, डा. योभिन यादव रु डा. स्मृति महत विजयी बनेकाे संघले जनाएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार