आगामी माघ २८ गते सञ्चालन हुने गरी तोकिएको राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको परीक्षा स्थगन भएको छ।
आयोगले राजपत्राङ्कति तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको पहिलो चरणको परीक्षाको मिति यही माघ २८ र द्वितीय चरणका परीक्षा आगामी चैत २१ गतेदेखि सञ्चालन हुने गरी तालिका सार्वजनिक गरेको थियो ।
तर लोकसेवा आयोगले आज विज्ञप्ति जारी गरी सर्वोच्च आदालतबाट जारी भएको अन्तरिम आदेश कार्यान्वयनका लागि आयोगले ती तहका पहिलो र द्वितीय चरणका परीक्षा कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको जनाएको हो ।
सर्वोच्चले यही माघ २० गते एकपटक लोक सेवा आयोग पास गरी संघ, प्रदेश र स्थानीय तहमा कार्यरत बहालवाला कर्मचारीलाई आयोगको विज्ञापनमा उमेर हद लगाएर नरोक्न अन्तरिम आदेश दिएको थियो ।