वैशाख २०७२ मा गोरखा केन्द्र बिन्दु भएर गएकाे भूकम्पले भत्काएका संरचना आगामी आर्थिक वर्षमा पुनर्निर्माण सम्पन्न गरिने भएको छ ।
राष्ट्रपति विद्यादेवि भण्डारीले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम मार्फत यस्तो घोषणा गरेकी हुन् ।
जसका लागि आवश्यक नीतिगत र कानूनी व्यवस्था गरी निर्माण सामग्री र नदीजन्य निर्माण सामग्रीको सहज आपूर्तिको व्यवस्था गरिने भएको छ ।