सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। नेपाल आयल निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको साबिक खुद्रा मूल्यमा प्रतिलिटर रु ३ ले बढाई पेट्रोलमा रु एक सय ७८ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु एक सय ७५ कायम गरिएको छ।
वृद्धि गरिएको मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ। हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको छ।