• शनिबार, साउन ९ २०८३

राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध


सोमबार, माघ २३ २०७९
1.3K
Shares

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन् ।

उपाध्यक्षका लागि तोकिएको मनोनयनको समयमा अर्यालको मात्रै उम्मेदवारी परेपछि सोमबार बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्ष गणेश तिमल्सिनाले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । कार्यकाल सकिएको करिब एक वर्षपछि राष्ट्रिय सभा उपाध्यक्ष पाएको हो ।

राष्ट्रियसभा उपाध्यक्षमा कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनले भने अर्यालविरुद्ध उम्मेदवार उठाएको थिएन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार