• सोमबार, साउन ११ २०८३

कर्णालीमा पहिलो पटक मिर्गौला प्रत्यारोपण


सोमबार, माघ २३ २०७९
1.2K
Shares

काठमाण्डाै । पहिलाे पटक कर्णाली प्रदेशमा मिर्गाैला प्रत्याराेपण गरिएकाे छ ।  प्रदेश स्तरीय अस्पताल सुर्खेतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको हाे ।

बर्दघाट नगरपालिका–४ नवलपरासीका २२ वर्षीय मोतिबहादुर थापाको गत शनिवार मिर्गौला प्रत्यारोपण गरिएको हो । कानुनी तथा व्यवस्थापकीय प्रक्रिया पूरा भएपश्चात् शहीद धर्मभक्त माथेमा राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र अस्पताल निर्देशक डा. डम्बर खड्का नेतृत्वको संयुक्त टोलीले प्रत्यारोपण कार्य सम्पन्न गरेको हो ।

थापालाई उनकी ४३ वर्षीया आमाले मिर्गौला दान गरेकी थिइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार