• शनिबार, साउन ९ २०८३

कतारमा काम गर्ने एक नेपालीले यूएईमा जिते ८३ करोड रूपैयाँको चिट्ठा


आइतबार, माघ २२ २०७९
1.1K
Shares

काठमाण्डाै । कतारमा काम गर्दै आएका एक नेपालीले यूएईमा झण्डै ८३ करोड रुपैयाँ बराबरको चिट्ठा जितेका छन् ।

रञ्जितकुमार पालले अबुधाबीमा बिग टिकट र्‍याफल ड्रको सिरिज २ सय ४८ मा ८२ करोड ७० लाख रुपैयाँभन्दा धेरैको चिट्ठा जितेका हुन् ।

पालले गएको जनवरी १६ मा यो चिट्ठा खरिद गरेका थिए । उनको चिट्ठा नम्बर २३२९३६ मार्फत् रकम जित्न सफल भएका हुन् । उनी विगत सात वर्षदेखि कतारको राजधानीमा मनी एक्सचेन्ज कम्पनीमा कार्यरत थिए ।

रकम जितेको खबर प्राप्त गरेसँगै उत्साहित पालले सम्पूर्ण रकम नेपालमा रहेको परिवारलाई पठाउने बताएका खलिज टाइम्सले जनाएको छ । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार