• शनिबार, साउन ९ २०८३

नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक केन्द्र बनाउन सकिन्छ: शिक्षामन्त्री खनाल


आइतबार, माघ २२ २०७९
2.1K
Shares

काठमाण्डाै । नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रका रूपमा विकास गर्न सकिने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले बताएका छन् ।

आइतबार उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) ले गरेको शैक्षिक छलफल तथा सम्मान कार्यक्रममा बोल्दै उनले नेपाली विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि विदेश पठाउने नभइ विदेशबाट विद्यार्थीहरू नेपाल ल्याउन सक्नेगरी नीति, निर्माण गर्नुपर्ने बताए । प्राथमिक र आधारभूत विद्यालय तहमा नै शैक्षिक गुणस्तरको विकास गर्नुपर्ने उनको भनाइ छ । 

उनले नेपाल भौगोलिक बनावटका आधारमा पनि शैक्षिक हब बन्न योग्य रहेको भन्दै सोही अनुरुप शिक्षा प्रणालीलाई गुणस्तरीय बनाउँदै लैजानुपर्ने आवश्यक्ता रहेको बताए ।

मन्त्री खनालले आगामी दिनमा निजी शिक्षालाई प्रवर्द्धन गर्न आवश्यक नीति नियम स्पष्ट हुन आवश्यक रहेको बताए । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार