• सोमबार, साउन ११ २०८३

यसवर्षको ‘क्रियाशिल स्वास्थ्य पत्रकारिता पुरस्कार’ भगवती तिमिल्सिनालाई


आइतबार, माघ २२ २०७९
1.1K
Shares

काठमाडौँ ।  यसवर्षको ‘क्रियाशिल स्वास्थ्य पत्रकारिता पुरस्कार’ भगवती तिमिल्सिनालाई प्रदान गरिएकाे छ ।

शनिबार स्वास्थ्य पत्रकार मञ्च नेपालको आठौँ बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनको अवसरमा तिमिल्सिनालाई क्रियाशिल स्वास्थ्य पत्रकारिता पुरस्कार प्रदान गरिएकाे हाे । उनलाई कार्यक्रमका प्रमुख अतिथी समेत रहेका स्वास्थ्य मन्त्री पदम गिरीले सो पुरस्कार हस्तान्तरण गरेका हुन् ।

नेपाल समाचार पत्र दैनिकमा दुई दशक देखि स्वास्थ्य विटमा कलम चलाएकी तिमल्सिनालाई उनको स्वास्थ्य पत्रकारितामा देखाएको अभिछिन्न सक्रियताको सम्मान गर्दै प्रदान गरिएको मञ्चले जनाएको छ ।

स्वास्थ्य पत्रकार मञ्च नेपालले यसवर्ष देखि स्थापना गरेको उक्त पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ । सो पुरस्कारका लागि आर्थिक सहयोग मञ्चका सदस्य बासुदेव न्यौपानेले गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार