काठमाडौं । नेपाल चिकित्सक संघको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा ६ हजार २ सय ९२ जनाले मतदान गरेका छन् । बिहिबारदेखि शनिबारसम्म गरि ३ दिनसम्म भएकाे मतदानमा काठमाण्डाै उपत्यका र उपत्यका बाहिर गरि ६ हजार २ सय ९२ जनाले मतदान गरेकाे संघले जनाएकाे छ ।
हिजाे शनिबार मतदान समिएसंगै आजदेखि मतदानकाे प्रकृया थालिने निर्वाचन समितिले जानकारी दिएकाे छ ।
१२ हजारभन्दा बढी सदस्य रहेको संघमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष (प्रदेश संयोजक) एक महासचिव, एक सहसचिव, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्षसहित १९ पदमध्ये १२ पदका लागि मतदान भएको हो।
त्यसैगरी एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, एक कोषाध्यक्ष, एक सहसचिव, एक सह कोषाध्यक्षसहित ७ जना निर्विरोध निर्वाचित भइसकेका छन्।
नयाँ नेतृत्वका ३ वटा प्यानल चुनावी मैदानमा हाेमिएका थिए । जसमा डा अनिलबिक्रम कार्कीको नेतृत्वमा लोकतान्त्रिक समूह, डा सन्तोष पौडेलको अध्यक्षतामा प्रगतिशिल समूह र डा शिवजी शिलवालको नेतृत्वमा स्वतन्त्र समूह रहेकाे बताइएकाे छ ।