• सोमबार, साउन ११ २०८३

स्वास्थ्य पत्रकार मञ्चको आठाैं अधिवेशन सकियाे, अध्यक्षमा सरोज ढुंगेल


आइतबार, माघ २२ २०७९
1.7K
Shares

काठमाडौं । स्वास्थ्य पत्रकार मञ्च नेपालको पाँचाै राष्ट्रिय अधिवेशन सम्पन्न भएकाे छ । शनिबार काठमाण्डाैमा भएकाे अधिवेशनले सरोज ढुंंगेलकाे नेतृत्वमा नयाँ कार्यसमिती चयन गरेकाे हाे ।

स्वास्थ्य क्षेत्रमा कमल चलाउने पत्रकारहरुकाे छाता संस्थाका रुपमा रहेकाे मञ्चमा काफ्लेकाे अध्यक्षतामा २ बर्षका लागि सर्वसम्मत कार्यसमिती चयन भएकाे हाे ।

जसकाे वरिष्ठ उपाध्यक्षमा भिषा काफ्ले, उपाध्यक्षमा अर्जुन अधिकारी र महेश तिमल्सेना, महासचिवमा सञ्जिता खनाल, सचिवमा कमला गुरुङ र कोषाध्यक्षमा तुलसा घिमिरे चयन भएका छन्।

यसैगरी, सदस्यहरुमा समृद्धा केसी, सपना पौडेल,  उपेन्द्र खड्का, केदार गौतम, सिर्जना खत्री,  प्रकाश बस्याल, मनिषा थापा र सिर्जना कार्की चयन भएका छन्।

त्यसैगरी मञ्चले पहिलाे पटक प्रदेश संयाेजक समेत ताेकेकाे छ । जसमा प्रदेश १ मा जुना भट्टराई (जुनु), मधेस प्रदेशमा सुष्मा कर्ण (स्नेहा), बागमती प्रदेशमा ज्योति अधिकारी, गण्डकी प्रदेशमा बिना न्यौपाने, लुम्बिनी प्रदेशमा बासुदेव न्यौपाने र कर्णाली प्रदेशमा कृष्ण आचार्य चयन भएका छन्। 

सुदूरपश्चिम प्रदेशमा कार्यसमितिले पछि तोक्ने छ। मञ्चमा १ सय १६ जना साधारण सदस्य रहेकाे बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार