Marshyangdi River,Aanbukhaireni, Tanahun district
गोरखा । लकडाउन उल्लंघन गर्दै जिल्ला प्रवेश गर्ने १२ मध्ये ११ जनालाई गोरखा नगरपालिकाले मास क्वारेन्टिनमा राखेको छ ।
बुधबार र बिहिबार गरी दुई दिनमा अनाधिकृत रुपमा जिल्ला प्रवेश गर्न खोज्ने १२ मध्ये बिभिन्न पालिकाका गरी ११ जनालाई नगरपालिकाले वडा नम्बर १० स्थित मनकामना बहिरा आविासिय विद्यालयको क्वारेन्टिनमा राखिएको हो ।
त्यस्तै १ जनालाई भने नेपाली सेनाको क्वारेन्टिनमा पठाइएको छ । उनि गोरखा नगरपालिका ३ घर भई हाल भोजपुरमा नेपाली सेनामा कार्यरत थिए ।
बुधबार राती रौतहटबाट इट्टा बोक्ने ट्रकमा चढेर आएका गोरखा नगरपालिका १० का २ र ११ का २ जना गरी ४ जनालाई क्वारेन्टिनमा राखिएको थियो ।
तर बिहिबार राती समेत अनाधिकृत रुपमा मुख्य नाका मझुवा देउरालीबाट प्रवेश गर्न खोज्ने ७ जनालाई क्वारेन्टिनमा राखिएको गोरखा नगरपालिकाका जनस्वास्थ्य निरिक्षक निश्चल अर्यालले जानकारी दिए ।
जसमध्ये तिन जना पालुङटार नगरपालिकाका छन् भने एक जना सिरानचोक, दुई जना गोरखा नगरपालिका र एक जना धादिङका रहेको बताइएको छ ।
उनिहरु अधिकांश काठमाण्डौबाट आएको र मझुवामा चेकजाँचका क्रममा भेटिएको अर्यालले बताए ।
उनिहरुलाई आ–आफ्नो पालिकाको क्वारेन्टिनमा पठाउने तयारी रहेको र गोरखा नगरपालिकाभित्रका ६ जनालाई भने हालकै क्वारेन्टिनमा राखिने साथै स्वास्थ्य जाँचको प्रकृया अघि बढाइने जनस्वास्थ्य निरिक्षक अर्यालले जानकारी दिए ।
बिहिबारदेखि गोरखालाई सिल गरिएसंगै बाहिरी जिल्ला वा अन्तर पालिका आवत जावतमा रोक लगाइएको छ ।