काठमाडौं । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले त्रिवि अन्तर्गतका सबै क्याम्पस, कार्यालय तथा निकायहरुमा फागुन १ गतेदेखि विद्युतीय हाजिरी अनिवार्य लागू गर्ने पुनःनिर्णय गरेको छ ।
माघ ५ गते बसेको कार्यकारी परिषद्को बैठकले फागुन १ गतेदेखि हस्तलिखित हाजिरी पूर्ण रुपमा खारेज गरी विद्युतीय हाजिरी लागू गर्ने निर्णय गरेको हो । विद्युतीय हाजिरीको व्यवस्था विपरीत तलब–भत्ता भुक्तानी गरे सम्बन्धित शिक्षक, कर्मचारी, भुक्तानी दिने तत्कालीन समयका लेखा प्रमुख र निकाय प्रमुखबाट असुल गर्ने निर्णयमा भनिएको छ।
परिषदले त्रिविका सबै पदाधिकारी, शिक्षक, कर्मचारीले तोकिएको समयमा इलेक्ट्रोनिक डिभाइसमा हाजिरी गर्न गराउन निर्देशन दिएको छ ।