काठमाण्डाै । नेपाल चिकित्सक संघको निर्वाचनमा पूर्वराष्ट्रपति डा. रामवरण यादवले पनि मतदान गरेका छन् । उनी नेपाल चिकित्सक संघको सदस्य हुन् । उनी लामो समय चिकित्सा पेशामा आवद्ध थिए ।
चिकित्सक संघको उपत्यकामा भएको निर्वाचनको पहिलो दिन बिहीबार ५८९ मत खसेको छ । काठमाडौं उपत्यकामा बिहान १० देखि ५ बजेसम्म भएको संघको निर्वाचनमा ५८९ जनाले नयाँ नेतृत्वका लागि मतदान गरेका हुन् । काठमाडौं उपत्यकामा बिहीबारदेखि सुरु भएको संघको निर्वाचन शुक्रबार र र शनिबार पनि हुनेछ ।
यसअघि माघ ६ र ७ गते काठमाडौं उपत्यका बाहिर निर्वाचन भएको थियो । १६ वटा निर्वाचन केन्द्रमा भएको चुनावमा कुल ३ हजार ६५० मत खसेको थियो । अध्यक्षमा तीन समूहले प्यानल बनाई चुनावी मैदानमा उत्रिएका छन् ।
अध्यक्षमा डा. अनिलविक्रम कार्कीको लोकतान्त्रिक, डा. सन्तोष पौडेलको प्रगतिशील र डा. शिवजी सिलवालको स्वतन्त्र प्यानल बनाई चुनावी प्रतिस्पर्धा छन्। निर्वाचनमा कुल १२ हजार आठ सय ३४ जना छन् । यही माघ २१ गते मतदान सकिएपछि मतगणना सुरु हुनेछ ।