काठमाडौं । गोरखाको धार्चेबाट एक जना बिरामीलाई उद्धार गरि काठमाडौं ल्याइएको छ ।
गोरखाको धार्चे गाउँपालिकाकी कान्छी गुरुङको उद्धार गरि काठमाण्डाै ल्याइएकाे हो । उनलाई त्यहाँ सुत्केरी व्यथा लागेको भए पनि सहज अवस्था नभएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो ।
सो क्षेत्रका सांसद राजेन्द्र बजगाइँको समन्वयमा राष्ट्रपति महिला उद्धार कार्यक्रम अन्तर्गत उनको उद्धार गरिएको थियो । गोरखा १ बाट निर्वाचित बजगाईले यसअघिदेखि नै समस्यामा परेकाकाे उद्धार गर्दै आएका थिए ।