• शनिबार, साउन ९ २०८३

नेपालमा फेरि थपिए ९ कोरोना संक्रमित, संख्या २५८ पुग्याे


शुक्रबार, जेष्ठ २ २०७७
1.1K
Shares

नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार थपिएका ९ संक्रमितमा १८ वर्षदेखि ३७ वर्षसम्म उमेरका छन्।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार थपिएका ती ९ संक्रमितमा बाँके नरैनापुर वडा नम्बर १, ३ र  ५ का १८, २०, २२, २५, २५, २७ ३२ र ३६ वर्षका पुरुष छन्। यस्तै मकवानपुरका ३७ वर्षीय पुरुषमा पनि काेराेना संक्रमण पुष्टि भएकाे उनले जानकारी दिएका छन्। 

स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहानै दिएको जानकारीअनुसार यो समेत गरेर नेपालमा कूल संक्रमित २ सय ५८ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार