काठमाडौं । नेपाल चिकित्सक संघको उपत्यका क्षेत्रमा आजदेखि मतदान सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मतदान जारी छ ।
यही माघ ६ र ७ गते संघका १६ शाखा कार्यालयमा निर्वाचन सम्पन्न भइसकेको छ । उपत्यकामा आज, भोलि र पर्सि मतदान हुनेछ ।
संघको अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष (प्रदेश संयोजक) सहसचिव, कोषाध्यक्ष, सहकोषाध्यक्षसहित १९ पदाधिकारी रहने समितिमा सातजना निर्विरोध निर्वाचित भइसकेका छन् । अध्यक्षसहित १२ पदको टुंगो यही निर्वाचनले लगाउनेछ ।
डा. अनिलविक्रम कार्कीको नेतृत्वमा लोकतान्त्रिक समूह, डा. सन्तोष पौडेलको अध्यक्षतामा पेसागत समावेशी समूह र डा. शिवजी सिलवालको नेतृत्वमा स्वतन्त्र गरी तीन प्यानल चुनावी मैदानमा छन् ।