काठमाडौं । भिजिट भिसामा कुवेत पुर्याएर मानव बेचबिखन गरेको आरोपमा दुई म्यानपावर एजेन्ट पक्राउ परेका छन् ।
मानव बेचबिखन अनुसन्धान ब्यूरोले रोजगारीको विभिन्न प्रलोभन देखाएर विदेशमा मानव बेचबिखन गर्ने दुई एजेन्टलाई मंगलबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उदयपुर घर भई टोखा नगरपालिका–३ मा बस्दै आएका ४४ वर्षीय रवि थापामगर भनिने लालबहादुर मगर र इलाम घर भई काठमाडौं–९, शम्भुमार्ग बस्ने ४१ वर्षीय डम्बर मगर रहेका छन् ।
एजेन्टले कुवेतको रोयल रेष्टुरेन्ट वेट्रेसमा मासिक १२० कुवेती दिनार पारिश्रमिकमा काम लगाइदिने, अमेरिका र पोर्चुगलको रेष्टुरेन्टमा पठाइदिने प्रलोभन देखाएका थिए ।
पीडितलाई २०७१ मंसिर २६ गते भिजिट भिसामा दुवई हुँदै कुवेत पु¥याइएको थियो । कुवेतमा अर्का एजेन्टमार्फत १३०० कुवेती दिनारमा पीडितलाई बिक्री गरेको प्रहरीले खुलाएको छ ।