• सोमबार, साउन ११ २०८३

ह्लिचियरको दुरुपयोग बढेपछि त्रिवि शिक्षण अस्पतालमा ‘डिपोजिट’ सिस्टम लागू


बिहिबार, माघ १९ २०७९
805
Shares

काठमाण्डाै । त्रिवि शिक्षण अस्पतालमा बिरामीले ह्लिचियर प्रयोग गर्दा ‘डिपोजिट’ गर्नुपर्ने व्यवस्था गरिएको छ । लाइसेन्स, नागरिकता, बिलबुक भोटिङ कार्ड, परिचयपत्र वा त्यो नभएको खण्डमा एक हजार रुपैयाँ डिपोजिट गर्नुपर्छ । सरकारी अस्पतालमा समेत डिपोजिट गर्नुपर्ने भन्दै यसको सामाजिक सञ्जालमा समेत विरोध भइरहेको छ ।

अस्पतालका कार्यकारी निर्देशक दिनेश काफ्लेका अनुसार डिपोजिट गर्नुपर्ने अवस्था ओपिडीमा आउने बिरामीको हकमा मात्रै लागू हुने बताए । इर्मजेन्सीमा आउनेको लागि ह्लिचेयरको छुटै व्यवस्था छ । सिभिलखबरसंग उनि भन्छन्, ‘त्यो अवस्थामा आएकाहरुलाई डिपोजिट गर्नु भन्दै भनिदैन ।’

केहीको लापरवाहीले गर्दा अर्को बिरामीले ह्लिचियर नपाएर समस्यामा नपरुन् भनेर डिपोजिट गर्नुपर्ने व्यवस्था बाध्यता भएको बताए । अस्पतालका सेक्युरिटी इन्चार्जहरुलाई ह्लिचेयरको व्यवस्थापनमा समस्या भएपछि समाधानको रुपमा यो व्यवस्था ल्याइएको उनको भनाई छ ।

त्यसैगरी अस्पतालका सेक्युरिटी इन्चार्ज पदमबहादुर पण्डितले ह्लिचेयर चोरी भएका कारण डिपोजिट राख्नुपर्ने व्यवस्था गरिएको बताए । ‘बिरामी ट्याक्सी चढ्न अस्पतालको गेट बाहिर पुग्छ । ट्याक्सीमा ह्लिचेयर पनि लिएर हिडेपछि के गर्ने ? उनले प्रश्न गरे ।

अर्को अस्पतालको ह्लिचेयर चोरी गरेर बाहिर बेचिएकोसमेत भेटिएको उनले बताए । ‘टिचिङ अस्पतालको ह्लिचेयर पशुपतिमा भेटिएको छ । त्यसको निराकरणको लागि यो व्यवस्था ल्याउन बाध्य भएका हौ’ पण्डितले सिभिलखबरलाई भने ।

अस्पतालका कार्यकारी निर्देशकबाट के गर्दा सुविधा हुन्छ, गर्नु भन्ने आदेश भनेपछि आफूले लाइसेन्स, नागरिकता, बिलबुक भोटिङ कार्ड, परिचयपत्र वा त्यो नभएको खण्डमा एक हजार रुपैयाँ डिपोजिट गर्नुपर्ने सिस्टम ल्याएको बताए ।

‘बिरामी कोही ट्याक्सीमा, कोही एम्बुलेन्समा आउछन् । ह्लिचेयर खोज्छन् तर हामी कर्मचारी रमिता हेरेर बस्नुपर्ने स्थिति भयो ।’ उनले थपे ‘पहिलो पटक अस्पताल आएको मान्छे कता के ह्लिचेयर खोज्ने ? अस्पतालको गेटमा ह्लिचेयर नभेटिए के गर्ने ?’

ह्लिचियर प्रयोग गरिसकेकाले समयमै र उचित रुपमा फिर्ता नगर्दा नयाँ आएका बिरामीले दुख पाएकाले सहज बनाउन यो ब्यवस्था लागू गर्न बाध्य भएको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार