काठमाण्डाै । कर्मचारीको विषयमा विवाद हुँदा बाराकाे सिम्रौनगढ नगरपालिकाले नगर अस्पतालको सेवा अनिश्चितकालका लागि बन्द भएकाे छ ।
करार सेवाका स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई निकाल्न सिम्रौनगढ नगरपालिकाले नगर अस्पतालको ओपिडी बाहेक अन्य सेवा अनिश्चितकालको लागि बन्द गराएपछि कर्मचारीले गरेको ताबन्दीका कारण अस्पतालको सबै सेवा बन्द भएको हाे ।
नगरपालिका स्वास्थ्य शाखाको आदेशमा अस्पतालको ओपिडिबाहेक अन्य सेवा अनिश्चितकालको लागि बन्द रहने सूचना गरिएको थियो । स्वास्थ्य शाखा प्रमुख विजय ठाकुरले सोमबार सूचना निकालेर आदेशअनुसार ओपीडी (बहिरंग) बाहेकका सबै सेवा अर्को सूचना नहुन्जेलसम्मका लागि बन्द गरिएको जानकारी दिए ।
आन्दोलनरत कर्मचारीहरुले सोमवार साझँबाट ओपीडी (बहिरंग) सेवा पनि बन्द गराएपछि नगरअस्पतालको सेवा पूर्णरुपमा ठप्प बनेको छ ।
नगरपालिकामा रहेको एउटामात्र सुविधासम्पन्न अस्पतालको सेवा ठप्प बनेपछि स्थानीय सेवाग्राही प्रभावित बनेका छन् ।