काठमाडौँ । नेकपा (एमाले) निकट अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका लागि विद्युतीय मतदान उपकरण (भोटिङ मेसिन) प्रयोग गरिने भएको छ ।
अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले महाधिवेशनलाई काजगविहीन बनाउनका लागि विद्युतीय मतदान उपकरणको प्रयोग गर्न थालिएको जानकारी दिइन् ।
निर्वाचनमा ५० वटा भोटिङ मेसिन प्रयोग गरिने बताइएकाे छ । अनेरास्ववियुको महाधिवेशन यही फागुन २ देखि ४ गतेसम्म काठमाडौँमा हुदैछ ।