जिल्ला प्रशासन कार्यालय झापाले सवारी पास दिएपछि पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौँ तर्फ लागेका छन्।
दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानस्थित निवासबाट उनी शुक्रबार बिहान सवारी साधन पास लिएर काठमाडौं तर्फ लागेका हुन्।
कोभिड-१९ को रोकथामका लागि सरकारले चैत ११ गते बन्दाबन्दी लागू गर्नुअघि नै उनी झापा गएका थिए। प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल शाहसहित पाँच जनाको सवारी पास जारी गरिएको जानकारी दिए।
पूर्वराजा शाहका तर्फबाट उनको सचिवालयले काठमाडौंँ जानका बिहीबार झापा जिल्ला प्रशासन कार्यालयमा सवारी पासका लागि इमेलबाट निवेदन पठाएको थियो।