• शनिबार, साउन ९ २०८३

श्रममन्त्री अर्यालले ल्याए ‘श्रमाधान’ कार्यक्रम


बुधबार, माघ १८ २०७९
2K
Shares

काठमाडौं । नेपालभित्र र बाहिर रहने श्रमिकसँग सम्बन्धित सम्पूर्ण जिज्ञासा र समस्या समाधान गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘श्रमाधान’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । 

श्रममन्त्री डीपी अर्यालले जिज्ञासा र समस्या एकद्वार नीतिबाट समाधान गर्ने उद्देश्यले ‘श्रमाधानः २४ घण्टे सहायक केन्द्र’ सञ्चालनमा ल्याएका हुन् ।

याे अभियान हप्ताको सातै दिन २४ घण्टा नै सञ्चालनमा रहनेछ । दोस्रो चरणमा ६ महिनाभित्रमा श्रमाधान मोबाइल एप र श्रम सम्बन्धी सम्पूर्ण कार्यहरूको टाइम कार्ड लागू गरिने मन्त्री अर्यालले जानकारी दिए । 

श्रमाधानमा रहेका कर्मचारीहरूले २४ घण्टा नै मन्त्रालयसँग सम्बन्धित समस्या र गुनासा सुन्नेछन् । सोही आधारमा मन्त्रालयको एकद्वार नीति अनुसार समस्याको समाधान, कारबाही तथा आवश्यक निर्देशन दिइने मन्त्री अर्यालले बताए । 

वैदेशिक रोजगार बोर्डको स्वामित्वमा रहेको कल सेन्टरलाई व्यवस्थित र परिमार्जित गरेर प्रभावकारी बनाउन खोजिएको उनको भनाई छ । 

उक्त श्रमाधान कार्यक्रमलाई निकट भविष्यमा टाइम कार्ड लागू गरेर यति समयभित्रमा समस्याको समाधान गरिने भन्ने समेत जानकारी दिइनेछ । त्यसका लागि बढीमा ६ महिनाभित्रमा टाइम कार्ड लागू गरिने उनको भनाई छ ।

श्रमाधानमा आफ्ना गुनासा, सुझाव तथा समस्या राख्नको लागि २४ घण्टा नै निःशुल्क रूपमा कल गर्न सकिनेछ, ह्वाट्सएप, भाइबर, इमो लगायत मार्फत म्यासेज गरेर पनि आफ्ना समस्या राख्न सकिने मन्त्रालयले जनाएको छ ।

श्रमाधानका लागि ११४१/९८०१८०००१३ मा निःशुल्क फोन गर्न सकिनेछ । त्यस्तै [email protected] मा इमेल समेत गर्न सकिनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार