• मंगलबार, भाद्र २ २०८३

झापामा रहेका पूर्वराजा ज्ञानेन्द्रलाई किन दिइएन काठमाडौं जाने अनुमति


बिहिबार, जेष्ठ १ २०७७
945
Shares

Nepal Former King

पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमललाई झापाबाट काठमाडौं आउन पास नदिइने भएको छ।

बिहीबार पूर्वराजा शाहले काठमाडौं आउन पासका लागि झापा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए। प्रशासनले पास जारी गरे पनि केही बेरमै गृहमन्त्रालयले प्रकृया नपुगेको भन्दै खारेज गरेको थियो।

गृह मन्त्रालयले मृत्यु संस्कार र बिरामी गरी दुई वटा कारणलाई मात्रै पास दिने भएकाले शाहलाई दिन नसकिएको जनाएको छ।

तर शाहको निवेदनमा यी दुवै कारण नपर्ने भएपछि सिफारिस नदिइएको गृहको भनाइ छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार