• शुक्रबार, साउन २९ २०८३

चितवनमा बुधबार १२ बजेपछि पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने


मंगलबार, माघ १७ २०७९
1.7K
Shares

This image shows the District Administration Office, Chitwan in August 2021. Photo courtesy: Prakash Jung Shrestha

जिल्ला प्रशासन कार्यालय चितवनले भोलि दिउँसो १२ बजेपछि पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था गरेको छ ।

प्रशासन कार्यालयले सूचना जारी गर्दै भोलि दिउँसो १२ बजेबाट दैनिक १२० जनालाई पासपोर्ट दिनेगरी अनलाइन आवेदन खुला गरिन लागेको जनाएको हो ।

नेपाल सरकारको राहदानी विभागको सूचना अनुसार राहदानी सेवालाई सरल, सहज र झन्झटरहित बनाउन कार्यालयको क्षमता अनुसार एक महिनामा करिब तीन हजारको संख्यामा अनलाइन आवेदनको व्यवस्था गर्न लागिएको प्रशासन कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार