काठमाण्डाै । जनआन्दोलनका घाइतेलाई त्रिशूली अस्पतालले निःशुल्क उपचार गर्ने भएकाे छ । अस्पतालमा हुने उपचारसहित सबै किसिमको सेवा निःशुल्क दिन थालिएको बताइएकाे छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा दीपेन्द्र पाण्डेको अनुसार बागमती प्रदेश सरकारको सहयोगमा ‘जनआन्दोलनका घाइते’का लागि अस्पतालबाट उपलब्ध रहेको सेवा प्रवाह गर्न प्राप्त कार्यदेशानुसार त्रिशूली अस्पतालले उक्त कार्यक्रम सञ्चालन गरेको छ ।
त्रिशूली अस्पतालमा यसअघिदेखि नै ज्येष्ठ नागरिक र आर्थिकरूपमा विपन्न भएकालाई सामाजिक सेवा एकाइको सिफारिसमा निःशुल्क उपचार पुर्याउँदै आइरहेको छ ।