• शनिबार, साउन ९ २०८३

रौतहटबाट लुकिछिपी गोरखा नगरपालिका भित्रिएका ४ जनालाई क्वारेन्टिनमा राखियो


बिहिबार, जेष्ठ १ २०७७
920
Shares

qarentine Gorkha

गोरखा । रौतहटबाट आएका ४ जनालाई गोरखा नगरपालिकाले क्वारेन्टिनमा राखेको छ । बुधबार राती मध्यान्नमा इट्टा बोकेको ट्रकमा चढेर गोरखा भित्रिएका ४ जनालाई नगरपालिकाले वडा नम्बर १० स्थित मनकामना बहिरा आवासिय विद्यालयको मास क्वारेन्टिमा राखेको हो ।

‘वडा नम्बर १० को दुई जना र ११ को दुई जना रौतहटको इट्टा भट्टामा काम गर्नुहुदो रहेछ, उहाँहरु ट्रक चढेर राती १२ बजे घरमा आइपुग्नु भएछ’ नगरप्रमुख राजनराज पन्तले भने ‘बिहिबार बिहानै उहाँहरुलाई सम्पर्कमा ल्याएर हामीले क्वारेन्टिनमा राखेका छौ ।’

नगरपालिकाले उनिहरुको कोरोना परिक्षणको समेत तयारी गरेको जनाएको छ । तराईका अधिकांश जिल्लामा कोरोना भाइरसको संक्रमित बढ्दै गर्दा जिल्ला भित्रिएका उनिहरुबाट थप जोखिम हुन सक्ने भन्दै उनिहरुलाई क्वारेन्टिनामा राखिएको नगरपालिकाका जनस्वास्थ्य निरिक्षक निश्चल अर्यालले बताए । ‘अहिले नगरपालिकाले बाहिरबाट आउने जो कोहीलाई नगरक्षेत्रमा प्रवेश बन्द गरेका छौ, यस्तो बेला उहाँहरु आउनुभएछ’ अर्यालले भने ‘आज क्वारेन्टिनमा राखेका छौ, अब भोलीदेखि नै टेष्टको प्रकृया थाल्छौ ।’

क्वारेन्टिनमा रहेका उनिहरुलाई खाना, तथा स्वास्थ्य जाँच लगायतको ब्यवस्था नगरपालिकाले सोही स्थानमा मिलाएको जनाएको छ ।

त्यस्तै गोरखा नगरपालिका ३  नारेश्वर घर भई हाल भोजपुरमा नेपाली सेनामा कार्यरत अर्का एक जना समेत बुधबार नै घर आएका छन् । तर उनलाई नेपाली सेनाकै क्वारेन्टिनमा राख्ने ब्यवस्था मिलाईएको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार