• सोमबार, साउन ११ २०८३

हरेक बालबालिकाकाे स्वास्थ्य अभिलेख डिजिटल प्रणालीमा राख्न जरुरी: स्वास्थ्यमन्त्री गिरी


सोमबार, माघ १६ २०७९
1.1K
Shares

काठमाडौं । हरेक बालबालिकाकाे स्वास्थ्य अभिलेख डिजिटल प्रणालीमा राख्न जरुरी रहेकाे स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बताएका छन् । स्वास्थ्य सेवा विभाग अन्तरगतकाे परिवार कल्याण महाशाखाले आयोजना गरेको राष्ट्रिय समिक्षा कार्यक्रममा बोल्दै उनले अब डिजिटल स्वास्थ्यकाे अवधारणामा देश अघि बढ्नुपर्ने बताएका हुन् ।

त्यस्तै उनले सबै जनताको पहुँचमा स्वास्थ्य सेवालाई पुर्याउन प्रयासमा सरकार लागिपरेकाे बताएका छन् । स्वास्थ्य क्षेत्रभित्र धेरै समस्या रहेकाे स्विकार्दै उनले समस्या सुधार गर्दै अघि बढ्नुकाे विकल्प नरहेकाे बताए । गरिब विपन्न जनताले अझै पनि गुणस्तरीय सेवा पाइनसकेकाे र बिरामी हुँदा महँगो शुल्क तिरेर उपचार गर्नुपर्ने बाध्यता रहेकाे बताए।

कार्यक्रममा उनले सबैको पहुँचमा स्वास्थ्य सेवालाई पुर्‍याउनका लागि जनशक्ति र पूर्वाधार थप गर्ने समेत जिकिर गरे । ‘जनतामा स्वास्थ्यमा आधारभूत परिवर्तन आयो है भन्ने महसुस गराउनेगरी हामी भविष्यमा आउँछौं,’ उनले भने ।

मन्त्री गिरीले खोप अभियानलाई सफल बनाउनका लागि केही पक्षमा विशेष ध्यान दिनुपर्ने बताए । ‘खोपका सन्दर्भमा आम जनता र समुदायको धारणा के छ भन्ने विषयमा राम्रोसँग अध्ययन गर्नुप¥यो । ती समुदायमा हाम्रो स्वास्थ्यकर्मी र जनप्रतिनिधि साथीहरुलाई ठूलो रुपमा परिचालन गर्ने ठोस योजना बनाउनुपर्छ,’ उनले भने,‘प्रत्येक घर र व्यक्तिसम्म यो अभियानलाई लैजान हामी चुक्न हुँदैन ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार