• सोमबार, साउन ११ २०८३

प्रहरीको गोली लागेर घाइते भएका उडिसाका स्वास्थ्यमन्त्रीको मृत्यु


सोमबार, माघ १६ २०७९
775
Shares

काठमाण्डाै । प्रहरीले गोली हानेपछि घाइते भएका भारत उडिसा राज्यका स्वास्थ्यमन्त्री नवकिशोर दासको मृत्यु भएको छ । उडिसाको झारसुगुडा जिल्लाको ब्रजराजनगरमा एक जना प्रहरीले उनीमाथि गोली प्रहार गरेका थिए ।

एक कार्यक्रममा सहभागी हुन जानेक्रममा उनीमाथि प्रहरी असिस्टेन्ट सब इन्सपेक्टर गोपाल दासले मन्त्रीमाथि दुई राउण्ड गोली प्रहार गरेका थिए । उनको छातीमा गोली लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गोली लागी घाइते भएका उनलाई उपचारका लागि उडिसाको राजधानी भुवनेश्वरस्थित अपोलो अस्पताल लगिएको थियो । सोही अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार