• शनिबार, साउन ९ २०८३

आगामी शैक्षिक शत्र वैशाख १ गतेदेखि सुरु हुने


सोमबार, माघ १६ २०७९
2K
Shares

काठमाडौँ । आगामी २०८० को विद्यालय तहको शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी २०८० को विद्यालय तहको शैक्षिक शत्र वैशाख १ गते प्रारम्भ भई चैत मसान्तसम्म कायम हुने निर्णय गरेको हो ।

शिक्षा नियमावली, २०५९, (संशोधनसहित) को नियम ८४ (१) बमोजिम ६ माघमा मन्त्रीस्तरीय निर्णयले वैशाख १ गतेदेखि शुरू गर्ने निर्णय गरेको हो । 

केन्द्रले ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईलाई परिपत्र गर्दै सोही निर्णयको आधारमा स्थानीय तहमार्फत विद्यालयमा जानकारी गराई कार्यान्वयनमा सहजीकरण गर्न अनुरोध समेत गरेको छ ।  चालू शैक्षिक शत्र असार १ गतेदेखि सुरू भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार