• बुधबार, साउन २० २०८३

गण्डकीको योजना आयोगमा डा. गिरीधारी, सदस्यमा काे काे ?


आइतबार, माघ १५ २०७९
1.1K
Shares

काठमाण्डाै । गण्डकीको नीति तथा योजना आयोगको उपाध्यक्षमा डाक्टर गिरीधारी शर्मा नियुक्त भएका छन्। गण्डकीको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गिरीधारीलाई उपाध्यक्ष तथा डा. सुवास अधिकारी र डा. सीता खत्रीलाई सदस्यमा नियुक्त गरेको हो।

स्याङ्जाका डा. गिरीधारी यसअघि पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारको पालामा पनि योजना आयोगको उपाध्यक्ष थिए।

थाइल्याण्डको एसियन इन्टिच्यूट अफ टेक्नोलोजीका उत्पादन गिरीधारीले आयोग उपाध्यक्ष रहँदा गण्डकीको सामर्थ्यको अध्ययन र दीर्घकालीन योजनाका खाका कोरेका थिए।

गुरुङ नेतृत्वको सरकार विस्थापनमा परेसँगै उनी संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममा काम गर्ने गरी काठमाडौं गएका थिए। एमाले नेता तथा गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीको आग्रहमा उनी पुनः योजना आयोगको उपाध्यक्ष बन्न राजी भएका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार