• बुधबार, साउन २० २०८३

२ दिने भ्रमणका लागि अमेरिकी उपमन्त्री नुल्यान्ड काठमाण्डाैमा


आइतबार, माघ १५ २०७९
890
Shares

काठमाण्डाै । अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड काठमाण्डौ आएकी छिन । उपमन्त्री नुल्यान्ड केहीबेरअघि काठमाण्डाै आइपुगेकी नेपालमा रहेकाे अमेरिकी दूतावासले जनाएकाे छ ।

नुल्यान्डले भाेलि साेमवार प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायतसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उपमन्त्री नुल्यान्डले आफ्नो दुई दिने भ्रमणमा नेपालको सरकारसँग अमेरिकी साझेदारीको वृहत् एजेन्डामा छलफल गर्ने नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार