• शनिबार, साउन ९ २०८३

२०५१ फागुन २८ अघि जन्मिएकाले स्ववियुकाे चुनावमा उम्मेदवार हुन नपाउने


आइतबार, माघ १५ २०७९
1.3K
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचनमा २०५१ साल फागुन २८ गते पछि जन्मेका विद्यार्थीले उम्मेदवारी दिन पाउने भएका छन् । त्रिविकाे केन्द्रीय अनुगमन तथा समन्वय समितिले स्ववियु निर्वाचनको आचार संहिता सम्बन्धी निर्देशिका तयार गर्दै यस्ताे प्रावधान कायम गरेकाे हाे ।

निर्देशिका अनुसार उम्मेदवारको उमेर २८ वर्ष ननाघेको हुनुपर्ने व्यवस्थाले गर्दा त्यसअघि जन्मिएका विद्यार्थीले उम्मेदवार दिन नपाउने भएको हो ।

स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले १५ बुँदे निर्देशिकामा समितिले गर्ने काम लगायत विषयहरु समेटेको छ ।

त्रिवि संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० अनुसार स्ववियु कार्य समितिमा २ सय जनासम्म विद्यार्थी भएकोमा ११ सदस्यीय, २०१ देखि १ हजारसम्म विद्यार्थी भएका क्याम्पसमा १५ सदस्यीय, १००१ देखि ३ हजारसम्म विद्यार्थी भएकामा १९ सदस्यीय र ३००१ देखि बढी विद्यार्थी रहेको क्याम्पसमा २१ सदस्यीय समिति बन्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार