काठमाडौं । त्रिभुवन विश्वविधालयको शैक्षिक बेथितिविरुद्ध नेविसंघले प्रदर्शन गरेकाे छ । कांग्रेस निकटको भातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय अगाडि शान्तिपूर्ण आन्दोलन गरेको हाे ।
त्रिभुवन विश्वविद्यालयले विद्यार्थीहरूको भविष्यमाथि खेलवाड गर्ने गरी परीक्षा समयतालिका सार्वजनिक गरेको र उक्त कुरा विश्वविद्यालयको विधान विपरीत भएको भन्दै नेविसंघ आन्दाेलनमा उत्रिएकाे बताइएकाे छ ।
नेविसंघले फारम खुलेको ३५ दिनमै परीक्षा हुनपर्ने माग राखेकाे छ । पहिलो चरणमा ज्ञापनपत्र बुझाएर सो गल्ती सच्याउन अनुरोध गरेको तर तीन दिन बित्दा पनि निर्णय नगरेर मागप्रति गम्भीर नभएकाले संघले भोलिबाट आन्दोलनको गर्ने घोषणा समेत गरेको छ ।
भोलिको आन्दोलनका लागि त्रि–चन्द्र क्याम्पसलगायत उपत्यकाभरिका अरु ६/७ वटा क्याम्पसहरूसँग गरी कार्यक्रम आयाेजना गर्ने नेविसंघकाे तयारी छ ।