• सोमबार, साउन ११ २०८३

जिल्लाभित्र पनि सवारी चलाउन नपाइने, गोरखा प्रवेशद्धारमा सेना परिचालन गरियो


बिहिबार, जेष्ठ १ २०७७
900
Shares

Marshyangdi River,Aanbukhaireni, Tanahun district

गोरखा । गृहमन्त्रालयले जिल्ला भित्र गाडी गुडाउन जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएका सबै पास रद्द गर्ने निर्णय लिएको छ।

गृहमन्त्रालयमा बिहीबार गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। गृहका उपसचिव तथा सूचना अधिकारी उमाकान्त अधिकारीले जिल्ला भित्र गाडी चलाउन पाउने गरी यसअघि जारी भएका सबै पास रद्द गरिएको जानकारी दिए।

त्यस्तै गोरखा भित्रने नाकामा नेपाली सेना र सशस्त्र प्रहरी खटाइएको छ ।

जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले गरेको निर्णय अनुसार तनहुँको आवुखैरेनीबाट गोरखा भित्रिने मुख्य नाका मझुवामा नेपाली सेना र प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

धादिङबाट गोरखा भित्रिने आरुघाट पुल र तनहूँबाट गोरखा भित्रिने तुरतुरे पुलमा सशस्त्र र नेपाल प्रहरी खटाइएको उनले जानकारी दिए ।

उनका अनुसार धादिङबाट गोरखा भित्रिने घ्याल्चोकको सिउरेनीटार नाका र तनहूँबाट गोरखा भित्रिने च्याङ्लीको नयाँ पुल नाकामा प्रहरी खटिनेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार