• सोमबार, साउन ११ २०८३

आयुर्वेद औषधि व्यवसायी संघकाे अध्यक्षमा बुढाथाेकी चयन


आइतबार, माघ १५ २०७९
1.1K
Shares

काठमाडौं। नेपाल आयुर्वेद औषधि व्यवसायी संघकाे अध्यक्षमा रामचन्द्र बुढाथाेकी चयन भएका छन् । संघको हिजाे शनिबार सम्पन्न पाँचौ अधिवेशनले बुढाथोकीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

संघको वरिष्ठ उपाध्यक्षमा बालचन्द्र अधिकारी, महिला उपाध्यक्षमा निर्मला केसी, उपाध्यक्षमा गंगाप्रसाद ढकाल, महासचिवमा लेखनाथ भुसाल, सचिवमा कृष्ण तिमिल्सिना र सरोज यादव, कोषाध्यक्षमा उमाशंकर प्रसाद साह, सहकोषाध्यक्षमा वेदव्यास सुवेदी चयन भएका छन्।

यसैगरी, प्रदेश सदस्यहरुमा विष्णुकुमार कार्की, महम्मद जहागिर राँकी, धनबहादुर कुमाल, गिरिराज शर्मा भट्टराई, शेरबहादुर खड्का र जयराज भट्ट चयन भएका छन्।

खुला सदस्यमा मधु वस्ती, रविन्द्र देसार, कमलप्रसाद ओली, डिल्ली प्रसाद घिमिरे र लक्षबहादुर विक चयन भएका छन् भने आरक्षण सदस्य तर्फ रणदेव हजाम, चुडाराज खनाल, नीता विश्वकर्मा, गोमा घिमिरे र मिङ्मा भोटे चयन भएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार