काठमाण्डाै । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको सर्भरमा समस्या हुँदा दुई घण्टा अवरूद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आएको छ।
विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार अहिले अन्तर्राष्ट्रिय उडान भइरहेको छ।
अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको थियो। केहीबेर अघि इण्डिगो एयरको जहाज भारतको नयाँदिल्ली उडेको छ भने फ्लाई दुबईको जहाज भर्खरै अवतरण गरेको छ। कतार एयरवेजको जहाज पनि अवतरणको तयारीमा छ।