• शनिबार, साउन ९ २०८३

पाँच कक्षासम्मको पाठ्यपुस्तक छपाईको जिम्मा निजी क्षेत्रलाई


शनिबार, माघ १४ २०७९
1K
Shares

काठमाडौं । आगामी शैक्षित्र सत्रमा कक्षा १–५ सम्मका पाठ्यपुस्तक छपाईको जिम्मा निजी क्षेत्रलाई दिइने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उक्त निर्णय गरेको हो ।

यसअघि कक्षा १ देखि ३ सम्मको पुस्तक छपाईको जिम्मा निजी क्षेत्रलाई दिइएको थियो । आगामी शैक्षिक शत्रबाट कक्षा ५ सम्मकै पुस्कत छपाईको जिम्मा निजीले पाउने भएका हुन् ।

मन्त्रालयको निर्णयको आधारमा पाठ्यक्रम विकास केन्द्रले सार्वजनिक सूचना जारी गरेको छ । निजी मुद्रकलाई पाठ्यपुस्तक छपाइको प्रयोजनका लागि सूचीकृत हुन भन्दै केन्द्रले सूचना जारी गरेको हो ।

निजी मुद्रक तथा वितरकहरूले कक्षा १ देखि ५ सम्मका चार रङका पाठ्यपुस्तक र अन्य पाठ्यसामग्री छपाई गरी विक्री वितरण गर्नुपर्नेछ ।  यसअघि सोही आधारमा जनक शिक्षा सामग्री केन्द्रले छाप्दै आएको थियो ।  

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार