गण्डकी प्रदेशमा फेरी १ जनामा कोरोना पुष्टि भएकाे छ ।
नवलपुरको देवचुली नगरपालिका–१२ का ४९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा कोरोना पोजेटिभ देखिएका पुरुष भारतबाट आएको खुलेको छ ।
यसअघि बाग्लुङकी १९ वर्षीय युवती र ६५ वर्षीय वृद्धामा कोरोना देखिएको थियो । उनीहरु उपचारपछि घर फर्किसकेका छन् ।
योसँगै नेपालमा संक्रमितको संख्या २ सय ४६ पुगेको छ ।