काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले थपेकाे ४ वर्षे स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फारम भर्ने म्याद भाेली सकिदै छ । २०७५ सालको वार्षिक प्रणाली अनुसार स्नातक तह प्रथम वर्ष (आंशिक) परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा आवेदन फारम भर्ने म्याद सकिएर थप भएकाे समय समेत भाेली सकिने भएकाे हाे ।
फारम भर्ने म्याद ७ माघ २०७९ मा सकिएको थियो । तर, कतिपय क्याम्पसहरूबाट फारम भर्ने विद्यार्थीहरू छुटेको भन्ने जानकारी आएपछि कार्यालयले १५ माघसम्मका लागि म्याद थप गरेको थियाे ।
थप गरिएको १५ माघ २०७९ सम्म दोब्बर दस्तुरसहित आवेदन फारम भर्न सकिने कार्यालयले जनाएको छ । आवेदन फारम भनेकाहरूको विवरण १६ गते भित्र अनलाइन मार्फत इन्ट्री गराउन भनेको छ ।
